नेत्रकाली मावि रामपुरले हासिल गर्‍यो ९४.०३ प्रतिशत शैक्षिक उपलब्धि

bulbulnews.com

सिन्धुलीको घ्याङलेख गाउँपालिका ५ स्थित नेत्रकाली माध्यमिक विद्यालय रामपुर बाट एस.ई.ई. २०८२ मा सहभागी कुल ६७ जना विद्यार्थीमध्ये ६३ जना ग्रेडेड हुन सफल भएका छन्। विद्यालयले ३.७० जि.पी.ए. सहित समग्र शैक्षिक उपलब्धि ९४.०३ प्रतिशत हासिल गरेको जनाएको छ।

साधारण धारतर्फ सहभागी ४५ जनामध्ये ४२ जना ग्रेडेड तथा ३ जना नन–ग्रेडेड भएका छन् भने प्राविधिक धारतर्फ सहभागी २२ जनामध्ये २१ जना ग्रेडेड र १ जना नन–ग्रेडेड भएका छन्।

विद्यालयले ग्रेडेड हुन सफल सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै नन–ग्रेडेड विद्यार्थीहरूलाई २०८३ असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने स्तरीकृत परीक्षामा उच्च मनोबलका साथ सहभागी हुन अनुरोध गरेको छ।

यस उपलब्धिमा योगदान पुर्‍याउने सम्पूर्ण शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक तथा सरोकारवालाप्रति विद्यालयले धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया