सिन्धुली, जेठ १ — सिन्धुलीको घ्याङलेख गाउँपालिका २ स्थित मा.वि. मरिण हायूटार ले माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी तथा अभिभावकहरूलाई सम्मान गरेको छ। विद्यालयले घ्याङलेख गाउँपालिकामै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नुका साथै सतप्रतिशत नतिजा ल्याउन सफल भएको अवसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ।
विद्यालयका अनुसार एसइइ २०८२ मा छात्रा करुणा मगर ले ३.७७ जिपिए प्राप्त गर्दै गाउँपालिकामै प्रथम स्थान हासिल गरेकी हुन्। त्यसैगरी सोविना थोकर ले ३.७३ जिपिएसहित द्वितीय र कुन्ता आले मगर ले ३.७० जिपिएसहित तृतीय स्थान हासिल गरेका छन्।
विद्यालय परिवारले उत्कृष्ट नतिजा प्राप्त गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण अभिभावकप्रति आभार व्यक्त गर्दै सफल विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिएको छ। साथै आगामी दिनमा पनि आफ्ना छोराछोरीलाई अमूल्य सम्पत्तिका रूपमा लिएर विद्यालयसँग सहकार्य गर्दै विद्यार्थीहरूको सफल र उज्ज्वल भविष्य निर्माणमा हातेमालो गर्न अभिभावकहरूलाई अनुरोध गरिएको छ।