सिन्धुलीको घ्याङलेख गाउँपालिका १ स्थित श्री मावि अमले ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ८६.६७ प्रतिशत नतिजा हासिल गरेको छ। विद्यालयबाट परीक्षामा सहभागी ३० जना विद्यार्थीमध्ये २६ जना विद्यार्थी ग्रेडेड हुन सफल भएका छन्।
विद्यालयका अनुसार ३ जना विद्यार्थी नन–ग्रेडेड भएका छन् भने १ जना विद्यार्थी अनुपस्थित रहेका थिए।
विद्यालयले सफल सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै शैक्षिक उपलब्धिमा योगदान पुर्याउने शिक्षक, अभिभावक तथा सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरेको छ।
12 May 2026